ताजा अपडेट
समाचार

भारतीय नम्बर प्लेटको ट्रकबाट धादिङमा १६४ किलो चरेस बरामद

भारतीय नम्बर प्लेटको ट्रकबाट धादिङमा १६४ किलो चरेस बरामद

लुकाइछिपाई भारततर्फ लैजाँदै गरेको ठूलो मात्राको चरेस प्रहरीले बरामद गरेको छ । पृथ्वी राजमार्गमा सवारी चेक जाँचका क्रममा प्रहरीले १६४ किलोग्राम प्रतिबन्धित लागूऔषध चरेस बरामद गरेको हो ।

जाँचका क्रममा भारतीय नम्बर प्लेटको युपी १९ टी ५१७१ नंको ट्रकबाट सो चरेश बरामद गरिएको हो । आज शुक्रबार बिहान काठमाडौँबाट भारततर्फ जान लागेको ट्रकको क्याबिनमा आठ बोरामा हालेर लुकाइछिपाई लैजान लागेको अवस्थामा उक्त परिमाणमा चरेस बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए ।

लागुऔषध चरेससहित गजुरी गाउँपालिका–१ नजिकै पृथ्वीराजमार्गबाट भारत उत्तर प्रदेश निवासी २५ वर्षीय मौ महातपलाई पक्राउ गरी हिरासतमा लिइएको छ । गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ साथै उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…