बालिका बलात्कार गर्नेलाई २५ वर्ष कैद

तीन वर्षे बालिका बलात्कारका अभियुक्त सिस्ने गाउँपालिका–५ बाहुनठानाका ३० वर्षीय मदन भनिने भरत गौतमलाई रुकुमकोट जिल्ला अदालतले २५ वर्ष कैद सजायको फैसला गरेको छ । आफ्नै घरको आँगनमा खेलिरहेकी तीन वर्षीया बालिकालाई विसं २०७५ माघ २१ गते कोठामा लगी बलात्कार गरेको आरोपमा मदनलाई प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गौतमलाई २५ वर्ष कैद सजायको फैसला गरेको हो । साथै पीडितलाई क्षतिपूर्तिवापत रु एक लाख भराइदिने अदालतले जानकारी दिएको छ ।
इजलास सहायक कुमार राणा पहिले पनि जबर्जस्ती करणी उद्योगमा पाँच वर्ष सजाय भुक्तानी गरिसकेका मदनले त्यसको एक वर्ष नबित्दै फेरि तीन वर्षीया बालिका बलात्कार गरेपछि पटके कसुरमा ६ वर्ष कैद सजाय थप गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्: