Swornakshar Logo

ओखलढुङ्गामा स्काभेटर दुर्घटनामा एकको मृत्यु

ओखलढुङ्गा । मानेभञ्ज्याङमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मानेभञ्ज्याङ गाउँपालिका–५ बोलेथामडाँडामा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । दुर्घटनामा सुनकोशी गाउँपालिका–३ सिस्नेरीका करिब १८ वर्षीय जीवन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको
प्रहरीले जानकारी दिएको छ ।

मंगलबार अपराह्न साढे ५ बजे सोलु कोरिडोरको टावरको पोल राख्न खाल्डो खन्ने क्रममा ना १ क ७७९४ नम्बरको स्काभेटर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।