Swornakshar Logo

अफगान सैनिक कारबाहीमा ३९ लडाकुको मृत्यु

एजेन्सी
४ चैत । काठमाडौं । अफगानिस्तानी सेनाले विभिन्न ठाउँमा गरेका पछिल्ला सुरक्षा कारबाहीमा परी कम्तीमा ३९ लडाकू मारिएका छन्। अशान्त रहेको देशको उत्तरी फर्याब र कुन्दुज प्रान्तमा उनीहरु मारिएको सैन्य श्रोतले सोमबार जनाएको छ।
मारिएका सवै जना तालिबान लडाकू रहेका श्रोतको दावी छ। श्रोतका अनुसार कारबाहीका क्रममा अरु दश जना घाइते पनि भएका छन्। अफगान हवाई सुरक्षा फौजले फर्याबको क्वयसार जिल्लामा रहेको तालिबान लडाकूहरुको अखडामा विस्फोटन गराएको थियो।
आइतबार राति गराइएको सो विष्फोटनमा परी २८ भन्दा बढी लडाकू मारिएका हुन् भने अरु आठ जना घाइते भएको सरकारी सेनाका प्रवक्ता हानिफ रेजैले जानकारी दिए। यसअघि तालिबान लडाकूहरुले क्वयसारमा रहेको सुरक्षा चौकीमा शनिबार राती आक्रमण गरेका थिए। आक्रमणमा परी २१ जना सैनिक र प्रहरी मारिएका थिए भने अरु दश जना घाइते भएका थिए। सोही घटनाको जवाफी कारबाही स्वरुप सुरक्षा फौजले आइतबार आक्रमण गरेको हो।