Swornakshar Logo

टी–२० शृङखला पनि नेपालको कब्जामा, युएई १४ रनले पराजित

२० माघ । काठमाडौं । टी ट्‍वान्टी शृङ्खला अन्तर्गतको नेपाल र संयुक्त अरब इमिरेट्‍स (यूएई)बीचको तेस्रो खेलमा नेपाल विजयी भएको छ । तेस्रो तथा निर्णायक खेलमा १४ रनले युएइलाई हराउदै एकदिवसीय सिरिज जितेको छ। योसँगै नेपालले पहिलोपटक टि ट्वान्टी सिरिज जितको हो ।

नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा युएइले निर्धारित ओभरमा ९० रन मात्र बनाउनसक्यो । नेपालका लागि करण केसी, ललित राजबंशी र अविनास बोहोराले समान २र२ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछाने १–१ विकेट लिए भने ब्याटिंगतर्फ युएइका गुलाम सब्बिरले २५, सइमान अनवरले ३० रन जोडेका थिए ।

यसअघि भएका २ खेलमध्ये पहिलो खेल युएईले २१ रनले जितेको थियो। दोस्रो खेल नेपालले ४ विकेटले आफ्नो पक्षमा पार्दै सिरिज १–१ को बराबरी गरेको थियो।

यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्ड्सविरुद्ध चार खेलको टी–२० सिरिज खेलेको थियो। जसमा नेपालले सिरिज ३–१ ले गुमाएको थियो।

यसअघि सम्पन्न तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले यूएईलाई २–१ ले पराजित गरेको थियो ।