Bagmati Samachar Logo

रमेशको कथा संग्रह पोर्टर सार्वजनिक

२९ मंसिर । काठमाडौं । लेखक रमेश भण्डारीका कथा संग्रह ‘पोर्टर’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच आख्यानकार कृष्ण धरावासी, समालोचक राजकुमार बानियाँ, कवि शकुन्तला जोशी र लेखक स्वयंले किताबको विमोचन गरेका हुन् ।
कार्यक्रममा बोल्दै कवि शकुन्तला जोशीले भनिन्, ‘रमेश मेरो पुरानो साथी हो । केही सुधार्ने कुराहरु बाहेक राम्रा कथाहरु लेखेका छन् ।’ साथै उनले वर्तमान नेपाली कथाबारे आफ्नो मतहरु राखेकी थिइन् । समालोचक राजकुमार बानियाँले यो पहिलो कृति भए पनि राम्रो सम्भावना देखिएको बताए । उनले भने, ‘रमेशसँग आफूमा भएको कथा भन्ने तरिका गज्जबको रहेको छ ।’ त्यस्तै वरिष्ठ आख्यानकार कृष्ण धरावासीले कथाहरुले आफूलाई खुब मजाले तानेको बताए ।
पुस्तकका सर्जक रमेश भण्डारीले भने, ‘जीवनका विभिन्न कालखण्डमा अनेक घटना, पात्र, परिवेशले सुषुप्त अवस्थामा रहेको साहित्यिक चेतलाई छोएपछि त्यसलाई कथाको रुप दिएको हुँ ।’ पोर्टर कथा संग्रहमा रमेशमा १८ कथाहरु संग्रहित छन् । पुस्तकलाई इण्डिगो इंक पब्लिकेशनले बजारमा ल्याएको हो ।