Swornakshar Logo

नेपाल र मलेसियाबीच श्रम सम्झौता

मलेसिया जाने कामदारले कुनै पनि शुल्क तिर्न नपर्ने
१२ कार्तिक । काठमाडौं । नेपाल सरकार र मलेसियाली सरकारबीच नेपाली कामदार मलेसिया लैजाने विषयमा समझदारी भएको छ । नेपालका श्रम मन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरनले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

यो सम्झौताभएसंगै अब देखि नेपाली श्रमिकले कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउनेछन् ।

भिसा प्रक्रियामा समेत कुनै पनि शुल्क लाग्ने छैन । अन्य प्रक्रियाकामा लाग्ने सबै खर्च मलेसियाको रोजगारदाता कम्पनीले नै व्यहोर्ने सम्झौता भएको छ । सम्झौता अनुसार अब श्रमिकले सबै महिनाको ७ तारिखमा मेलेसियाको बैंक खातामा तलब पाउनेछन् ।

कामदारका परिवारका कुनै पनि सदस्यको मृत्यु भएका श्रमिकले १५ दिन बिदा पाउनेसमेत सम्झौतामा उल्लेख गरिएको छ ।