Swornakshar Logo

नेकपाको चियापानमाः४० लाखभदा बढीको खानपान

विवेक

११ कार्तिक । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार आयोजना गरेको चियापानमा ४० लाखभन्दा बढि खर्च भएको छ । उक्त कार्यक्रममा ५० हजारभन्दा बढि सहभागी हुने बताईएको थियो तर लगभग ३० हजारको हाराहारीमा नेताकार्यकर्ता र अन्य विशिष्ठ व्यक्ति सहभागी भएका थिए ।

चियापानमा करिब ४० लाख रुपैयाँभन्दा बढी खर्च भएको नेकपा केन्द्रीय लेखा विभागका प्रमुख खेम पौडेलले बताए । उनले भने ‘यो खर्च स्वभाविक भएको हो। यसअघि एमालेले गरेको चियापानमा करिब १७ लाख रुपैयाँ खर्च भएको थियो।’
पार्टी एकीकरण पछि भएको चियापानमा तीन गुणा बढी खर्च भएको छ। पौडेलका अनुसार ५० हजारलाई निम्तो बाँडिएपनि ३० हजारभन्दा बढी सहभागी भएका थिए।

दशैं, तिहार, छठ लगायतका चाडपर्वका अवसरमा आयोजना गरिएको चियापानमा चिया र खाजाको जिम्मा अर्पणा क्याटरिङलाई दिइएको थियो। क्याटरिङले विशिष्ट व्यक्तिलाई स्याण्डवीच र पेडा तथा सर्वसाधारणलाई केरा र लड्डुको व्यवस्था गरेको थियो।