Swornakshar Logo

किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली भारतबाट पक्राउ

१९ असोज ।

काठमाडौं । किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली भारतमा पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्रेको हो ।
उनी भारतबाट पक्राउ गरेको पुष्टि भएपनि पनि विस्तृत जानकारी भने दिएको छैन ।

६ करोड सम्पत्ति धितो राखेर ३ गुणा बढी कर्जा प्रवाह गरेको अभियोगमा उनको समूहमाथि प्रहरीले अनुसन्धान थालेको थियो । उनी भने त्यस लगत्तै फरार भएका थिए ।
२०७३ जेठमा उच्च अदालत पाटनले उनीमाथि ४ वर्ष कैद र १५ करोड जरिवानाको फैसला सुनाएको थियो।