Swornakshar Logo

लेखक भन्तनाको उपन्यास ‘मोनालिसा’ विमोचन

१३ असोज ।

काठमाडौं । देवराज भन्तनाको उपन्यास ‘मोनालिसा’ शनिबार सार्वजनि गरिएको छ । काठमाडौंको सर्वनाम थिएटरमा आख्यानकार राजन मुकारुङले पुस्तको विमोचन गरे । प्रेमलाई मुख्य विषयवस्तु बनाएर लेखिएको मुकारुङले भने । उनले लेखनका क्षेत्रमा नयाँ पुस्ता जन्मिने क्रम निरन्तर हुनुपर्छ,ु देवराज भन्तनालाई एक आशालाग्दो थालनीका रूपमा लिन सकिन्छ।’

मोनालिसा भन्तनाको दोस्रो उपन्यास भए पनि आख्यानको बनोट निकै आशालाग्दो भएको भन्दै उनले प्रशंसा गरे। ुविचारबिना हामी समाजलाई रूपान्तरण गर्न सक्दैनौं। विचार सहर केन्द्रित हुँदैछ भन्ने उदाहरण उपन्यासका पात्रहरू दिवाकर र पिताम्बरको भूमिकाबाट प्रस्ट हुन्छ, उनले भने।

प्रेमको अङ्ग्रेजी पर्याय ‘लभ’ युवापुस्तामा बिस्तारै विम्ब बनेर विकास हुँदै गरेको चर्चा गर्दै मुकारुङले नेपाली समाजमा आत्मिकतालाई छोडेर पूरै दैहिक स्वरूप धारण गरिसकेको यथार्थ सुनाए। प्रेमको फराकिलो दायरा र जीवनको महान् आधार बिस्तारै शारीरिक भोगमा केन्द्रित भइरहेको बेलामा मोनालिसाले आत्मिक प्रेमलाई निकै सशक्त बनाएको छ ।

कवि तथा पत्रकार प्रकाश गुरागाईले समेत टिप्पणी गर्दै प्रेमाख्यान सफलताको शुभकामना दिए ।उपन्यास इन्डिगो इन्कले प्रकाशन गरेको हो ।