Bagmati Samachar Logo

अमेरिकी र इरानी प्रतिनिधिमण्डलको वार्ता असफल, के–के भयो दिनभरी

अमेरिका र इरानबीचको शान्ति वार्ता निष्कर्षविहीन बनेको छ । पाकिस्तानको राजधानी इस्लामाबादमा शनिबार दिउँसोदेखि २१ घण्टासम्म चलेको वार्ता बिनानिष्कर्ष टुङ्गिएको हो ।

वार्ता निष्कर्षमा पुग्न नसकेपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ ।
वार्ताबाट बाहिरीएपछि जेडी भान्सले ‘यो हाम्रो अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव हो, अब हेर्नु छ कि इरानले यसलाई स्वीकार गर्छ कि गर्दैन । धन्यवाद ।’
पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच दुई घण्टा लामो वार्ता कुनै नतिजा बिना समाप्त भयो ।

यो जानकारी अमेरिकी उपराष्ट्रपतिले दिएका हुन्, जो वार्ताका लागि पाकिस्तान आएका थिए । आइतबार बिहान ८ बजेपछि आयोजित प्रेस सम्मेलनमा जेडी वान्सले भने कि पाकिस्तानले अमेरिका र इरानबीचको दूरी घटाउन र सम्झौता गराउन पूरा प्रयास ग¥यो, तर ‘नराम्रो खबर यो हो कि हामी कुनै सम्झौतामा पुग्न सकेनौं ।’

अमेरिकी उपराष्ट्रपतिले भने कि यो खबर अमेरिका भन्दा इरानका लागि बढी नराम्रो हो, ‘कुनै सम्झौता भएन र हामी अमेरिका फर्किरहेका छौं ।’
पाकिस्तानको पहलमा अमेरिका र इरान दुई हप्ताको युद्धविराममा सहमत भएका थिए र दुवै देशका प्रतिनिधिमण्डल वार्ताका लागि इस्लामाबाद आएका थिए । दुवै पक्षबीचको वार्ता इस्लामाबादम भएको थियो ।

अमेरिकी उपराष्ट्रपतिले वार्ता निष्कर्षविहीन भएको बताए, तर उनले अस्थायी युद्धविराममा यसको कस्तो असर पर्छ भन्ने स्पष्ट पारेनन् ।
बातचीत किन टुट्यो

अमेरिका र इरान दुवैले वार्ता असफल हुनुका लागि फरक–फरक कारण बताएका छन् ।

वार्तापछि प्रेस सम्मेलनमा अमेरिकी उपराष्ट्रपति व्म् ख्बलअभ ले भने, ‘हामीले स्पष्ट रूपमा हाम्रो ‘रेड लाइन’ के हो, कुन कुरामा सम्झौता गर्न सक्छौं र कुनमा सक्दैनौं भन्ने बताइसकेका थियौं ।’

उनका अनुसार, ‘इरानले निर्णय ग¥यो कि उनीहरूले हाम्रो सर्त स्वीकार गर्दैनन् ।’
पत्रकारहरूले सोधे, ‘कुन सर्तहरू अस्वीकार गरिए ?’

जवाफमा वान्सले भने कि बन्द कोठामा भएको दुई घण्टाको वार्ताको सबै विवरण सार्वजनिक नगर्ने, तर ‘सरल कुरा के हो भने हामी इरानबाट यस्तो ग्यारेन्टी चाहन्छौं कि उनीहरूले परमाणु हतियार बनाउने छैनन् र त्यसका लागि आवश्यक उपकरण पनि जुटाउने छैनन् ।’

‘यो अमेरिकी राष्ट्रपतिको मुख्य लक्ष्य हो र हामीले वार्तामार्फत यसलाई हासिल गर्ने प्रयास ग¥यौं ।’

उनले भने कि इरानको युरेनियम समृद्धि क्षमता पहिले नै कमजोर बनाइएको छ, ‘तर के हामीलाई इरानमा कहिल्यै परमाणु हतियार नबनाउने इच्छा देखिन्छरु अहिलेसम्म त्यस्तो देखिएको छैन ।’

एक प्रश्नको जवाफमा उनले भने कि इरानको फ्रिज गरिएका सम्पत्तिबारे पनि छलफल भएको थियो, तर त्यस्तो स्तरमा पुग्न सकिएन जहाँ इरानले अमेरिकी सर्त स्वीकार गरोस् ।

‘मलाई लाग्छ हामीले धेरै लचकता देखायौं । राष्ट्रपतिले हामीलाई राम्रो नीयतका साथ वार्तामा जान र सम्झौता गर्न पूर्ण प्रयास गर्न भनेका थिए । हामीले त्यही ग¥यौं, तर दुर्भाग्यवश कुनै प्रगति भएन ।’

ट्रम्पसँग लगातार सम्पर्क

वान्सले बताए कि वार्ताका क्रममा उनीहरू म्यलबमि त्चगmउ सँग निरन्तर सम्पर्कमा थिए ।
‘पछिल्लो २१ घण्टामा कति पटक कुरा भयो मलाई थाहा छैन, सायद दर्जन पटक ।’

उनले थपे कि ‘उनीहरू एडमिरल कूपर, (सेन्टकाम कमाण्डर) मार्को रुबियो (बिदेश मन्त्री) पीट हेगसेथ (रक्षा मन्त्री) र सम्पूर्ण राष्ट्रिय सुरक्षा टोलीसँग सम्पर्कमा थिए । हामी निरन्तर सम्पर्कमा थियौँ किन कि हामी राम्रो नियतले कुरा गरिरहेका थियौँ ।’

वार्ताको अन्त्य

प्रेस सम्मेलनको अन्त्यमा वान्सले भने, ‘हामीले एउटा सरल प्रस्ताव दिएका छा । यो हाम्रो अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव हो, अब हेर्नु छ इरानले स्वीकार गर्छ कि गर्दैन ।’

यसपछि उनी रावलपिण्डीको नूर खान एयरबेस पुगे र त्यहाँबाट अमेरिका फर्किए । उनलाई पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल आसिम मुनिर, विदेशमन्त्री इसहाक डार र गृहमन्त्री मोहसिन नक्वीले बिदाइ गरे ।

दुई घण्टापछि इशाक डारले पनि प्रेस सम्मेलन गर्दै भने कि पाकिस्तान मध्यस्थको भूमिका जारी राख्नेछ र दुवै पक्षले युद्धविराम कायम राख्नुपर्छ ।

इरानी मिडिया ः अमेरिका लचक भएन

इरानको सरकारी मिडियाका अनुसार अमेरिकाका ‘अनुचित मागहरू’ का कारण वार्ता असफल भयो ।

सरकारी प्रसारकले भने कि इरानी प्रतिनिधिमण्डलका धेरै प्रयासका बाबजुद अमेरिकी पक्षका कठोर सर्तहरूले वार्ता अगाडि बढ्न दिएनन् ।

प्रतिनिधिमण्डलको आगमन

इरानी संसद अध्यक्ष मोहम्मद बागर गालिबाफको नेतृत्वमा टोली शुक्रबार राति इस्लामाबाद पुगेको थियो, जबकि अमेरिकी टोली शनिबार बिहान पुगेको थियो ।

दुवै टोलीले पाकिस्तानका प्रधानमन्त्री, विदेशमन्त्री र सेना प्रमुखसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

वार्ताको प्रक्रिया
सुरुमा दुवै पक्षबीच सन्देश आदान–प्रदान भयो
त्यसपछि करिब अढाई घण्टा प्रत्यक्ष वार्ता भयो ।
एक घण्टाको विश्रामपछि प्राविधिक छलफल भयो ।
राति अबेरसम्म संवाद जारी रह्यो । तर अन्ततः कुनै सहमति हुन सकेन ।

हिन्दी बिबिसी