रास्वपाले राप्रपालाई समर्थन गर्दा उपसभामुख बन्ने छिन् लामा
काठमाडौं । उपसभामुखमा दुई तिहाइ बहुमत भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समर्थन गर्ने भएको छ । राप्रपाले सरस्वती लामालाई उपसभामुखमा प्रस्ताव गर्ने भएको छ । लामालाई उपसभामुख बनाउने प्रस्ताव भने रास्वपाले नै राप्रपालाई गरेको बुझिएको छ ।
सुरुमा राप्रपाबाट उपसभामुखका लागि खुश्बु ओलीको नाम चर्चामा थियो । तर रास्वपा नेतृत्वले नै सरस्वतीको नाम लिएपछि राप्रपाले उनैलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सुविधाजनक बहुमत भएका कारण रास्वपाको समर्थन पाउँदा राप्रपाकी लामा उपसभामुख बन्ने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्: