Bagmati Samachar Logo

राष्ट्रपतिले १५ मिनेटको प्रधानमन्त्रीलाई भने : सबैलाई साथमा लिएर स्थिति साम्य पार्नुहोस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव क़ायम गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रपतिलाई भेट्न पुगेका प्रधानमन्त्री शाहले सनुसरी घटनाका कारण मुलुकमा उत्पन्न परिस्थितबारे ब्रिफिङ गरेका थिए ।

राष्ट्रपतिलेका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री शाहसँग राष्ट्रपतिले मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका थिए ।

‘देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई बिहीबार शीतलनिवास बोलाएर अवस्थाबारे चिन्ता र चासो व्यक्त गर्नुभएको हो’ सल्लाहकार पोखरेलले भने ।
भेटका क्रममा प्रधानमन्त्री शाहले देशको पछिल्लो परिस्थितिलाई लिएर सरकार गम्भीर रहेको र समस्या समाधानका लागि निरन्तर प्रयास भइरहेको बताएको राष्ट्रपति कार्यालयस्रोतले बताए। उनले राष्ट्रपतिलाई आश्वस्त पार्दै भने, ‘हामीले प्रयास गरिरहेका छौँ, अब समस्याको समाधान हुन्छ। हजुरले यस विषयमा धेरै चिन्ता लिनु पर्दैन।

प्रधानमन्त्री शाहले बिहीबार साँझ नै राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार नागरिकहरूको जिउधन सुरक्षाका लागि अझ जिम्मेवार भएर लाग्ने प्रतिबद्धता जनाएका थिए । उनीहरूबीच १५ मिनेट कुराकानी भएको थियो ।