Bagmati Samachar Logo

सरकार एक्सनमा जाओस्, स्टन्ट गरेर समय बर्बाद नगरोस् : युवराज दुलाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संविधान पढ्न सुझाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले संविधानले समाजवादउन्मुख राज्य व्यवस्थाको परिकल्पना गरेको र त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

‘म सरकारलाई संविधान पढ्न आग्रह गर्छु । संविधानमा समाजवादउन्मुख राज्य व्यवस्थाको परिकल्पना गरेको छ । यसमा ध्यान जाओस् । सरकार एक्सनमा जाओस् । स्टन्ट गरेर समय बर्बाद नगरोस्,’ उनले संसदमा भने ।

सरकारलाई प्राप्त समयको सदुपयोग गर्न सुझाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘सरकारलाई म भन्न चाहन्छु । सरकार एक्सनमा जाओस् । तर, सरकारले स्टन्ट गरेर समय बर्बाद नगरोस् ।’

राज्यको समय ट्रायल गरेर, स्टन्ट गरेर बर्बाद गरियो भने नवयुवाहरूको भावनालाई सम्बोधन गर्न सक्ने अवस्था नरहने उनले बताए ।