Bagmati Samachar Logo

डीपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डोरप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा भएको छ । आज बसेको संसद बैठकको अध्यक्षता गरेका अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

सुभामुखमा अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएको घोषणा केसीले गरे । सभामुखमा लागि रास्वपाका सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गरेका थिए ।

अर्थमन्त्री स्वर्णिम वाग्ले, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र कानुनमन्त्री सोविता गौतमले समर्थन गरेपछि अर्याललाई सभमुखमा निर्विरोध भएको घोषणा भएको हो । अब सोमबारदेखि नयाँ सभामुखको रूपमा अर्यालले बैठक सञ्चालन गर्नेछन् ।