Bagmati Samachar Logo

प्रधानमन्त्री बालेन रास्वपा वरिष्ठ नेतामा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन शाह मनोनित भएका छन्।

बुधबार बसेको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले प्रधानमन्त्री शाहलाई वरिष्ठ नेता मनोनीत गरिएको हो। उनलाई सभापतिपछिको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरिएको छ।

पार्टी विधान अनुसार महाधिवेशनबाट चुनिएका सभापतिसहित ८ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यबाहेक बाँकी पदमा सभापतिको सिफारिसमा केन्द्रीय समितिले मनोनयन गर्ने व्यवस्था छ।

पार्टी विधानले वरिष्ठ नेता, उपसभापति, महामन्त्री सहित ११ जना पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने व्यवस्था गरेको छ।

फागुन २१ को निर्वाचनअघि रास्वपा प्रवेश गर्दा नै शाहलाई दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेता बनाइएको थियो।

त्यति बेलाको सहमति अनुसार भरतपुरमा सम्पन्न पहिलो महाधिवेशनमा पनि प्रधानमन्त्री शाहलाई वरिष्ठ नेता मनोनीत गर्ने सहमति भएको थियो।