मन्त्री र सांसदबाटै सम्पत्तिको छानबिन सुरु गरियोस् : हर्कराज साङपाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारका मन्त्री र सांसदबाट सम्पत्ति छानबिन गर्न माग गरेका छन् । संसदको पहिलो बैठकमा सम्बोधन गर्दै उनले भ्रष्टाचार अन्त्य गर्न पहिले आफूबाटै सुरुवात गर्न माग गरेका छन् ।
राईले आफ्नो सम्पत्तिबाट सुरु गर्न भनेका छन् । अरुलाई औँला देखाउनुभन्दा आफूबाट सुरु गरिनुपर्ने उनको तर्क छ । उनले अरुलाई मात्रै कस्ने नियम ल्याउन नहुने भन्दै सबैलाई बराबरी हुने कानुन ल्याउनुपर्ने बताए ।
साम्पाङले आफ्नो पहिलो संसदीय सम्बोधनमा अमेरिकी सहयोग परियोजना ९एमसीसी० खारेजको मुद्दा उठाएका छन् ।
संसद चल्नुभन्दा अगाडि यही माग राख्दै आएका साम्पाङले नेपाल कुनै पनि देशको सामरिक पक्षमा हुनु नहुने भन्दै एमसीसी खारेजको प्रस्ताव राखेका हुन् ।
साम्पाङले संयुक्त राष्ट्रसंघमा गएर नेपालको सिमाना कायम हुनुपर्ने भन्दै सुकुम्बासी बस्तीमा चलेको डोजर र वृद्धभत्ताको उमेरको कुरामा पनि सरकारलाई सचेत गराए ।
उनले धनी र गरिब दुवैका लागि सरकारले काम गर्नुपर्ने बताए । उनले भने, ‘उपत्यका बाहिर पनि नेपाल छ भन्ने कुरा व्यवहारमा देखाउनपर्छ ।’
भूपू गोर्खाको समान पेन्सनका मुद्दा पनि साम्पाङले सदनमा उठाएका छन् ।
साम्पाङले सदनमा समयमा आपत्ति जनाएका छन् ।
सदनमा पार्टीको तर्फबाट गरेको पहिलो सम्बोधनमा हर्कले १६ मिनेट ५५ सेकेन्ड ढिलाइ गरिएको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘आउँदा दिनमा बैठक सुरु हुनु भन्दा पाँच मिनेटअगाडि उपस्थित हुनुपर्छ,’ उनले भने, ‘जनताले ढिलो गर्न पठाएको होइन । प्रत्येक मिनेटको महत्त्व सदनले बु्झोस । सरकारले बुझोस् ।’
सदनमा विभेदको अन्त्यको कुरा गरिएको तर सदनभित्र पनि विभेद भइसकेकोमा हर्कले प्रश्न गरे । सत्तापक्षले धेरै र प्रतिपक्षले कम समय पाएको भन्दै गुनासो गरे ।
प्रतिक्रिया दिनुहोस्: