रविले रोस्ट्रमबाटै दलित समुदायसँग माफी माग्दै भने– अब कसैलेपनि जातको आधारमा झुक्नुपर्ने छैन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दलित समुदायसँग माफी मागेका छन् । वर्षौंदेखि उत्पीडनको सिकार बनेको समुदायलाई राज्य र समुदायले गरेको उपेक्षाप्रति सरकार र दलको तर्फबाट हात जोडेर माफी मागेका छन् ।
उनले अब कुनै पनि नेपालीले जातको नाममा झुक्नुनपर्ने भनेका छन् । ‘जसका हातमा सीप थियो तीनलाई हामीले अछुत मान्यौँ,’ लामिछानेले भने ‘अब कुनै पनि नेपाली जातको नाममा झुक्नुपर्ने छैन । माफीको मूल्य न्यायले गर्ने पनि सुनिश्चित गर्नुपर्नेछ ।’
प्रतिक्रिया दिनुहोस्: