Bagmati Samachar Logo

एमाले बैठक : संसदमा दलहरूसँग सहकार्यको जिम्मेवारी बादल र पद्मालाई

काठमाडौं । नेकपा एमालेको मंगलबार बसेको पदाधिकारी बैठकले संसदभित्र अन्य दलसँग सहकार्यका लागि उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्याललाई जिम्मेवारी तोकेको छ ।

संसदीय दलको नेतालगायतको जिम्मेवारी तोकिनसकेको अहिलेको अवस्थामा अन्तरिम कालका लागि दुईजनालाई जिम्मेवारी दिइएको हो ।

महासचिव शंकर पोखरेलका दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुतिका लागि थापा र अर्याललाई जिम्मेवारी दिइएको हो ।

साथै भोलि दिउँसो ३ बजे संसदीय दलको बैठक डाकिएको छ ।