रास्वपा संसदीय दलको नेतामा बालेन सर्वसम्मत चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) संसदीय दलको नेता चयन भएका छन् । बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले बालेनलाई दलको नेता चयन गरेको हो ।
यसअघि पार्टी सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेनलाई संसदीय दलको नेता चयन गर्न गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित गरेको थियो । योसँगै साह प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।
संसदीय दलको बैठकले बालेनलाई दलको नेता बनाउने निर्णय गरेको प्रवक्तासमेत रहेका सांसद मनिष झाले जानकारी दिए ।
उनले भने, ‘पार्टीको तर्फबाट आगामी सरकार गठन गर्नको लागि वरिष्ठ नेता बालेनलाई राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्ताव गर्नुभयो । जुन प्रस्ताव दलको बैठकबाट पारित भएको छ ।’
प्रतिक्रिया दिनुहोस्: