Bagmati Samachar Logo

कांग्रेस सभापति गगनले दिए रास्वपालाई बधाई, विद्रोहको भावनाअनुसार सरकार चलाउन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले २१ फागुनको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको रास्वपालाई बधाई दिएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै उनले पहिलो दल बनेको रास्वपालाई बधाई दिएका हुन् ।

‘रास्वपालाई बधाई दिन चाहन्छु । नौजवानको व्रिदोहको मर्म र भावनाअनुसार सरकार सञ्चालन गर्नुहोला’, थापाले भने ।

सरकार सञ्चालनको लागि कांग्रेसले मत नपाए पनि विपक्षीको रूपमा पनि ठूलो जिम्मेवारी पाएको उनले बताए । अबको पाँच वर्ष सुशासन, सेवा प्रवाह, विकासमा राम्रो गति लिनुपर्ने उनले बताए ।

५ वर्ष रास्वपालाई पूर्ण साथ रहने उनले बताए । गतिमा साथ रहने, प्रश्न गर्नुपर्ने ठाउँमा प्रश्न पनि रहने उनले बताए । पाँच वर्ष द्वन्द्व र विवादको चपेटामा सरकार पर्न नहुने उनले बताए ।
जेनजी विद्रोहको भावना अनुसार सरकार चल्नु पर्ने उनले बताएका छन् ।