कांग्रेस केन्द्रीय समिति बैठकका लागि ५ एजेन्डा तय
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने एजेन्डा तय भएको छ । केन्द्रीय कार्यसमितिको बैठकमा संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन र १५औं महाधिवेशन तयारी एजेन्डा तय गरिएको छ।
सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित भएका छन् । उनले सर्लाही ४ बाट र पार्टीले देशैभरी हार व्यहोरे पछि राजीनामा दिएका थिए । तर उक्त राजीनामा केन्द्रीय कार्यसमितिले अस्वीकृत गरेको छ । उक्त राजीनामा अस्वीकृत भएपछि उनले कार्यसमिति बैठक बोलाएका छन् ।
ललितपुरको सानेपामा रहेको केन्द्रीय कार्यालयमा केहीबेरपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने ५ एजेन्डा तय गरिएको हो ।
एक केन्द्रीय सदस्यका अनुसार बैठकमा समसामयिक संविधान संसोधन अध्ययनका लागि विज्ञ समिति गठन, १५औं महाधिवेशन तयारी , उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समिति लगायत एजेन्डा रहेका छन् ।
कांग्रेस सभापति थापा प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुने छन् ।
यसअघि गत शुक्रबारबाट सुरु भएको बैठकमा उनी अनुपस्थित थिए । आइतबार सम्पन्न बैठकले सभापति थापाले दिएको राजीनामा अस्वीकृत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्: