Bagmati Samachar Logo

नेकपाले रास्वपालाई भोट हालेका केनद्रीय सदस्य खोजेर कारवाही गर्दै

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनवर्गीय संगठनहरुको बैठकमा चुनावमा आफ्नै पार्टीलाई भोट नहाल्नेलाई कारवार्ही गर्ने बताए ।

२१ फागुनमा भएको प्रतिनिधिसभाको चुनावमा नेकपालाई केन्द्रीय सदस्यहरुले पनि भोट नहालेको रिपोर्ट आएको र भोट नहाल्ने केन्द्रीय सदस्य खोजेर कारवाही गर्ने बताए ।

जेन–जी आन्दोलन पछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतकाका पार्टी र समुहहरु मिलेर नेकपा बनेको थियो । तर चुनावमा चौथो भएको छ । प्रत्यक्षमा ८ र समानुपातिकमा ९ सिट जीतेको छ ।

तर जनवर्गीय संगठनको बैठकमा प्रचण्डले पार्टीका केन्द्रीय सदस्यहरुले नै भोट नहालेकाले पार्टी पराजीत भएको बताएका छन् ।

उनले भनेका छन्,‘केन्द्रीय सदस्यहरु, प्रदेश समिति सदस्य र जनवर्गी समितिका केन्द्रीय सदस्सयहरुमाथि कारबाही नभए पार्टी बनाउन सकिँदैन । सबभन्दा पहिला केन्द्रीय सदस्यहरूबाटै त्यसको सुरुवात हुन्छ । फिप्टी पर्सेन्ट घण्टीमा गए भन्ने जनरल रिपोर्ट आएको छ ।’

५० प्रतिशत भोट रास्वपाको चुनाव चिन्ह घन्टीमा गएको रिपोर्ट आएको बताएका छन् । उनले भनेका छन्, ‘अरु बेला पार्टीको भन्ने भोट हाल्ने बेलामा अन्त जाने पार्टीको हुन सक्दैन । त्यो रिपोर्ट तपाईंहरुले दिनैप¥यो हामीलाई । तिनलाई कारबाही गर्नैपर्छ । कसले भोट हाल्यो हालेन , काम गर्ने र नगर्नेलाई समान रुपमा हेर्ने कुराको अन्त्य हुनु पर्छ । कमिटीहरु चुस्त दुरुस्त हुनु पर्छ भन्ने छ ।’

संगठनलाई तलैदेखि भेला सम्मेलनमा चुनाव गरेर चुस्त दुरुस्त संगठन बनाउनु पर्र्यौ ।
निश्चित संख्याको समिति बनाउने , राजनीति र मुद्दाको हिसाबले आफूहरुले जीतेको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘रास्वापकाबाट महिला जीतेका भनेको सुनेका छौँ । ती माओवादीले जनयुद्ध र जनआन्दोलन गरेर महिलाहरु यसरी आउनु पर्छ नभनेको भए कहाँ बाट आउथे । हामीले भनेर आएका हुन् ।’

लडेर ल्याएको संविधानका कारण सबैको प्रतिनिधित्व भएको छ । राजनीतिक र वैचारीक रुपमा आफूले जीतेको प्रचण्डले दाबी गरेका छन् ।

विचार र राजनीतिमा नेकपाले नेतृत्व गरेको उनले बताएका छन् । उनले भनेका छन्, ‘चुनावमा हाम्रो जस्तो व्यवस्थीत परिचालन अरुको भएको छैन । रास्वापको त हावा हुरीका कारण यति सिट आएको हो । राष्ट्रिय र अन्तर्राष्ट्रि फ्याक्टर छन् । विकास गरेर जीत्ने भए चितवनमा जीत्नु पर्ने हो । जनताको चित्त बुझाएर विकास गरेर हुने भए भक्तपुरमा नारायणमान विजुक्छेहरु हार्नु भयो । पैसा भए विनोद चौधरीले जीत्नु पथ्र्यो । विनोद चौधरी पनि हार्नु भयो ।’
विचार र राजनीति प्रमुख भएकाले अझै त्यसमा जोड दिनु पर्ने प्रचण्डले बताएका छन् ।