Bagmati Samachar Logo

रास्वपा महामन्त्री बुर्लाकोटीको दाबी चैत दाेस्राे साता बालेन प्रधानमन्त्री बन्छन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वको सरकार गठन हुन अझै केहि दिन लाग्ने भएको भएको छ । रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले चैत दोस्रो हप्तासम्म सरकार गठन हुने सम्भावना रहेको अभिव्यक्ति दिएका छन् ।

उनका अनुसार अझै निर्वाचन आयोगको काम बाँकि रहेकाले केहि ढीला हुने छ । दलले समानुपातिक बन्दसूचीबाट दिएका नामबाट निर्वाचित सांसदलाई निर्वाचन आयोगले प्रमाणपत्र दिएकै छैन । अब उक्त कार्य पहिले हुनेछ । त्यसपछि सबै सांसदहरूको सपथग्रणको कार्यक्रम हुने बुर्लाकोटीले जानकारी दिए ।

उनले भने, ‘शपथपछि दलको नेता चयन हुनेछ । त्यो बिचमा राष्ट्रपतिद्वारा कल हुन्छ । अनि मात्रै सरकार गठन हुने हो । यसका लागि १३, १४ चैतभन्दा अगाडि सरकार गठन हुने सम्भावना देख्दिन ।