Bagmati Samachar Logo

लगभग दुईतिहाइ आएको छ, कसैले अड्काउँदैन, अड्काए हाम्रै नियतिले हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताले प्रष्ट बहुमत दिएकोले आफूहरुले काम गरेर देखाउनु पर्ने बताएका छन् ।
जनताले अभूतपूर्व अवसर दिएको भन्दै लामिछानेले अब कुनै पनि बहाना बनाएर भाग्न नमिल्ने बताएका हुन् ।

‘पछिल्लो परिवर्तनको कायान्वयन गर्न कानुन बन्न सकेका छैनन् । अब कुनै बहाना गर्ने ठाउँ हामीलाई छैन । बहाना बनाउन नपर्ने गरी स्पष्ट बहुमत र लगभग दुईतिहाइ मत आएको छ,’ रविले भने, ‘अब केहीले अड्काउँदैन । अड्काए तपाईं हाम्रै नियतिले अड्काउने हो ।’