Bagmati Samachar Logo

प्रतिनिधि सभामा ७० कटेका ४ जना सांसद हुँदा कसले खुवाउलान शपथ ?

काठमाडौं । प्रतिनिधि सभामा यो पटक ७० कटेका चारजना सांसदमात्रै प्रत्यक्षबाट निर्वाचित भएका छन् । नेपाली कांग्रेसको तर्फबाट अछाम १ बाट निर्वाचित भरतकुमार स्वार ७० वर्षका हुन् । उनले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का भीमबहादुर रावललाई पराजित गरेका हुन् ।

मनाङबाट निर्वाचित कांग्रेसकै टेकहादुर गुरुङ ७१ वर्षका छन् । उनले एमालेका एशोदा गुरुङलाई पराजित गरेका थिए । त्यस्तै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड ७१ वर्ष पुगेका छन। उनी रुकुम पूर्वबाट निर्वाचित भएका हुन् । उनले एमालेका लीलामणि गौतमलाई पराजित गरेका हुन्।

म्याग्दीबाट निर्वाचित स्ततन्त्र संसाद महावीर पुन ७१ वर्षकै हुन् । उनले एमालेका हरिकृष्ण श्रेष्ठलाई पराजित गरेका हुन् । यी ७० कटेकामध्ये सबैभन्दा जेठा टेकबहादुर गुरुङ हुन् । उनी प्रचण्डभन्दा १५ दिनले जेठा छन् । यो पटकको संसदमा शपथ गुरुङले खुवाउने देखिन्छ ।

त्यस्तै ६० कटेका सांसदहरु १२ जना मात्र छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ३ सांसद ६० माथिका छन् । दाङ १ बाट निर्वाचित देवराज पाठक (६०), सप्तरी ४ बाट निर्वाचित सीताराम शाह (६५) र कपिलवस्तु २ बाट निर्वाचित विक्रम थापा (६३) हुन् ।

कांग्रेसका डोटी १ बाट निर्वाचित भरतबहादुर खड्का (६८), बाजुरा १ बाट निर्वाचित जनकराज गिरी (६०), सोलुखुम्बु १ बाट निर्वाचित प्रकाशसिंह कार्की (६२०, अछाम १ बाट निर्वाचित भरत कुमार स्वार, मनाङ १ बाट निर्वाचित गुरुङ गरी ५ जना छन् ।

एमालेका संखुवासभा १ बाट निर्वाचित अर्जुनकुमार कार्की (६२) र दैलेख २ बाट निर्वाचित लक्ष्मीप्रसाद पोखरेल (६३ ) गरी दुईजना छन् ।