Bagmati Samachar Logo

९२ क्षेत्रको मतपरिणाम आउदा रास्वपा ७४,कांग्रेस १० क्षेत्रमा जिते

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि भएको चुनावको मतगणना जारी रहेको छ । हालसम्म ९२ क्षेत्रको मतपरिणाम आइसकेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ७४ सिटमा जित हात पारेको छ । अहिलेसम्म रास्वपा ४८ क्षेत्रमा अगाडि छ ।

दोस्रो स्थानमा नेपाली कांग्रेसले १० क्षेत्रमा जितेको छ भने ९ क्षेत्रमा अगाडि छ। नेकपा एमालेले ३ क्षेत्रमा जितेको छ भने ८ मा अगाडि छ ।

चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ३ क्षेत्रमा जितेको छ भने ४ क्षेत्रमा अगाडि छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ मात्र सिट जित्दा अन्य कुनै पनि स्थानमा अग्रता बनाउन सकेको छैन ।

स्वतन्त्र उम्मेदवार १ जनाले जितेका छन् भने श्रम संस्कृति पार्टीले ३ सिटमा अग्रता बनाइरहेको छ ।