संसदीय इतिहासकै सर्वाधिक मत ल्याएर जिते रास्वपाका बालेन शाह
काठमाडौं । नेपालको चुनावी इतिहासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह सर्वाधिक मत ल्याएर विजयी भएका छन्।
भावि प्रधानमन्त्रीका उम्मेदवारसमेत रहेका वरिष्ठ नेता शाहले झापा–५ बाट पूर्वप्रधानमन्त्री रहेका केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्। शाहले ६८ हजार ३४८ मत ल्याए भने ओलीले १८ हजार ७३४ मत ल्याए।
शाहले ल्याएको मत संसदीय चुनावको इतिहासकै धेरै हो।
यसअघि २०७४ को निर्वाचनमा झापा–५ बाट नेकपा एमालेका अध्यक्ष ओलीले ५७ हजार १३९ मत ल्याएर निर्वाचित भएका थिए। २०७४ सालकै निर्वाचनमा दोलखाबाट एमालेका पार्वत गुरूङले ५५ हजार ३६१ मत ल्याएर निर्वाचित भएका थिए। २०८० को उपनिर्वाचनमा चितवन–२ मा रवि लामिछानेले ५४ हजार १७६ मत ल्याएर निर्वाचित भएका थिए।
चितवन ३ मा रास्वपाकी सोबिता गौतम ५९ हजार २७७ मत ल्याएर विजयी भएकी थिइन्।
यस्तै रास्वपा सभापति रवि लामिछानेले चितवन २ मा ५४ हजार ४०२ मत ल्याए।
मोरङ–६ मै रास्वपाकी रूविना आचार्यले ५५ हजार ५१३ मत ल्याएर निर्वाचित भएकी छन्।
काभ्रे–२ मा बदनकुमार भण्डारी ५३ हजार ३४४ मत ल्याएर निर्वाचित भए।
प्रतिक्रिया दिनुहोस्: