Bagmati Samachar Logo

एमाले नेता गोकर्ण विष्ट ४९६ मतले पराजित

काठमाडौं । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा एमाले नेता गोकर्ण बिष्ट झिनो मतान्तरले पराजित हुन पुगेका छन् । निकै आशा गरिएका बिष्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मदवार गोविन्द पन्थीसँग पराजित हुन पुगेका हुन् ।

रास्वपाका उम्मेदवार पन्थीले १६ हजार ८७८ मत प्राप्त गर्दै विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बिष्टले १६ हजार ३८२ मत पाएका छन् ।

सोही निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार भुवन प्रसाद श्रेष्ठले १४ हजार ४०५ मत पाएका छन् भने नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का श्रीराम महतले ३ हजार ७९ मत पाएका छन् ।