Bagmati Samachar Logo

वामपन्थीलाई सिध्याउने षड्यन्त्र हुँदैछ, चुनावमा अर्जुनदृष्टि लगाऔँ स् अग्नि सापकोटा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटाले कम्युनिस्टहरुलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन्।

प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै कम्युनिस्टहरूप्रति फैलाइएको भ्रमलाई चिर्नुपर्ने बताए।

उनले अहिले अन्य बहस छाडेर निर्वाचनमा केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरे। उनले भने, ‘पार्टीभित्र नमिलेका कुरा मिलाउनुपर्ने र बहस गर्नुपर्ने कुरा धेरै छन्। अब हामीले त्यसलाई थाती राखेर निर्वाचनमा केन्द्रित हुनुपर्छ।’

सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकार स्थापित गर्नका लागि पार्टीको सम्पूर्ण अर्जुनदृष्टि फागुन २१ को चुनावमा लगाउनुपर्ने बताए। उनले थपे, ‘अहिले वामपन्थीहरूलाई सिद्ध्याउने योजना बनिरहेको छ। त्यसैले हामीले पार्टीलाई थप एकताबद्ध बनाउँदै लैजानुपर्छ। पार्टीको लोकप्रियता बढ्दै गएको छ। अन्य प्रियतावाद एक दिन पानीको फोका झैँ फुटेर जान्छन्।’