ओलीसँग ‘पब्लिक डिबेट’ गर्न बालेनद्वारा अस्वीकार
काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ‘पब्लिक डिबेट’ गर्न अस्वीकार गरेका छन् ।
एमाले अध्यक्ष ओलीले भावी प्रधानमन्त्रीका उम्मेदवारबीच पब्लिक डिबेट हुनु सकारात्मक भएको भन्दै त्यसका लागि तयार रहेको फेसबुकमा स्टाटस लेखेका थिए । सोही स्टाटसको कमेन्टमा बालेनले पब्लिक डिबेट गर्न अस्वीकार गरेका हुन् ।
‘तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो । आफूलाई आतङ्कवादीचाहिँ कहिले स्वीकार्ने हो रु’, बालेनले ओलीको स्टाटस्मा कमेन्ट गरेका छन्, ‘त्योपछि अरु कुरा गरौँला । ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’
यस्तो छ ओलीको स्टाटस
पब्लिक डिबेटको लागि तयार छौँ
नयाँ र पुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा ९एमाले० देश बनाउने तर्फबाट मैदानमा छ।
यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ।
फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ। यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ रु सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु। त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु।
ओलीको स्टाटसमाथि बालेनको कमेन्ट


प्रतिक्रिया दिनुहोस्: