Bagmati Samachar Logo

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेज गरेको हो ।

निर्वाचन अधिकृत देवराज भारतीका अनुसार रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ ।
चौधरी ७ भदौ २०७२ मा भएको टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । उनलाई जन्मकैदको सजाय तोकिएको थियो । पछि उनी राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका थिए ।

प्रतिनिधिसभा निर्वाचन ऐनमा जन्मकैद पाएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था छ ।