Bagmati Samachar Logo

गगन थापा सभापति रहेको कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै

काठमाडौं । विशेष महाधिवेशनबाट सभापति चुनिएपछि गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै छ ।

बिहीबार बिहान ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा पहिलो बैठक बस्ने भएको छ ।

गएराति भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले थापालाई कांग्रेस सभापति चुनेको थियो।

उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाललाई चुनेको छ।

महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेल चुनिएका छन्।

त्यस्तै सहमहामन्त्रीहरूमा सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर , मुक्ता कुमारी यादव , प्रकाश रसाइली , डिला संग्रौला पन्त , बहादुर सिंह लामा र उदयशमशेर राणा , योगेन्द्र चौधरी र कर्ण बूढा चयन भएका छन्।

केन्द्रीय सदस्यमा खुलातर्फ ३५ जना, महिला खुलामा ९ जना तथा विभिन्न क्लस्टरमा १२१ जना केन्द्रीय सदस्य चयन भएका छन्।