Bagmati Samachar Logo

विशेषको मागलाई निष्क्रिय बनाउन खोज्ने दम्भविरुद्ध हामी एकजुट भयौँ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विधानबमोजिमको मागलाई पार्टीले पेल्न खोजेपछि विशेष महाधिवेशन अहपरिहार्य भएको बताएका छन् । विशेष महाधिवेशन उद्घाटन समारोहमा बोल्दै पौडेलले पार्टी नेतृत्वको दम्भविरुद्ध एकजुट भएको बताएका हुन् ।

‘विधानबमोजिमको विशेष महाधिवेशको मागलाई केन्द्रीय समितिले निर्देशित गर्न सक्दैन । तर आफैँ विशेष निष्क्रिय हुन्छ भन्ने दम्भले आज हामी विशेष महाधिवेशनको मैदानमा उभिएका हौँ,’ पौडेलले भने, ‘नियमित महाधिवेशन नभएर हो विशेष दर्ता भयो । तर भएको तीन महिनाभित्र नियमित गरेको यो भए यो निष्क्रिय हुन्थ्यो । नियमित गराउन नेतृत्वले ध्यान नदिएपछि आजको स्थिति आएको हो ।’

कांग्रेस पार्टी मात्र नभएर दलित, मधेसी, जनजाति, सीमान्तकृतमाथि विभेदविरुद्धको आवाज बोक्ने पार्टी भएको उनले बताए । समानता, बहुलता, फरक विचारलाई सम्मान गर्ने पार्टी कांग्रेस भएको उनको भनाइ छ । पार्टी फुट्ने भाष्य बनाइएको भन्दै उनले विशेषको बहुमतले निर्णय गरे गणितलाई सम्मान गर्नुपर्ने बताए ।