देउवा निकट १० नेता गगन–विश्वको पक्षमा खुले
काठमाडौं । नेपाली कांग्रेसमा लामो समय सभापति शेरबहादुर देउवाको पक्षमा रहेका १० जना नेताहरु विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । देउवाको पक्षमा निरन्तर रहेका नेताहरु अन्तः विशेष महाधिवेशन स्थल भृकुटीमण्डप पुगेर गगन विश्वप्रकाशको पक्षमा खेलको छन् । उनीहरु आज उद्घाटन भएको विशेष महाधिवेशनमा सहभागी भएका छन् ।
उद्घाटनस्थलमा पुगेका संस्थापन निकटका नेतामा गोपालमान श्रेष्ठ, पुष्पा भुसाल, तारामान गुरुङ, डा. डिला संग्रौला, विनोद चौधरी, उदयशमशेर राणा, अर्जुन जोशी, राजन केसीसहित छन् ।
त्यस्तै पछिल्लो समय कांग्रेसमा कम क्रियाशील रहे पनि तारानाथ रानाभाटदेखि कुनै समय देउवाका स्वकीय सचिव भएका कर्ण मल्लसम्म भृकुटीमण्डपमा पुगेका छन् ।
लामो समय देउवा समूहमा बसेर राजनीति गरेका गोपालमान शनिबारदेखि विशेष महाधिवेशनको पक्षमा खुलेका हुन् ।
प्रतिक्रिया दिनुहोस्: