प्रधानमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
काठमाडौं । एक समुह जेन–जीले आज काठमाडौंको माइतीघरमा प्रर्दशन सुरु गरेको छ ।
अन्तरिम सरकारविरुद्ध उक्त समूहले आज बिहानदेखि माइतीघरमा विरोध प्रदर्शन गरिरहेको छ । आन्दोलनमा सहभागी जेन–जी युवाहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् ।
यो समुहको नेतृत्व मिराज ढुङ्गाना लगायत जेन–जीहरुले गरेका छन् ।
जेन–जीका विगतका माग पूरा नगरेको भन्दै उनीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् । माइतीघरमा डा। निकोलस भुसालको समूह पनि देखिएको छ ।
प्रदर्शनका कारण माइतीघर, थापाथली, बबरमहललगायतका क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । त्यस क्षेत्रमा सुरक्षा निकायको बाक्लो उपस्थिति छ ।
आन्दोलनका लागि भेला भएका जेनजी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ । भुसालसहित केही युवालाई नियन्त्रणमा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्: