बालेन र हर्कबारे प्रचण्डको भने– फूल भनेको थिएँ, बिस्तारै काँडा बन्दै गए
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगरपालिका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयरलाई आफूले लोकतन्त्रमा फुलेका फूल भनेको बताए ।
काठमाडौंमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै आफूले फूल भनेपनि विस्तारै काँडा बन्दै गइरहेको टिप्पणी गरे।
उनले भने, ‘मैले हाम्रो लोकतन्त्रको फूल भनेको तपाईंहरुलाई, अहिले तपाईँ फूलहरू त, विस्तारै काँड काँडाको हुने हो कि भनेको जस्तो‘। बुझ्नुस् इतिहास, आन्दोलन र शहीदको रगत।’
आफूहरुले लडेर ल्याएको गणतन्त्रमा फूल्न पाएको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्: