Bagmati Samachar Logo

अध्यक्षमा अध्यधिक मतले जितेका ओली केन्द्रीय सदस्यमा पराजित हुँदा ईश्वर पोखरेल विजयी

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली अत्यधिक मतले विजयी भएका छन् । तर केन्द्रीय सदस्यमा भने ओली पराजित भएका छन् । एमालेको विधानअनुसार पदाधिकारीमा उठ्नेले केन्द्रीय सदस्यमा पनि उठ्न सकिन्छ ।

अध्यक्षमा १ हजार ६ सय ६३ मत ल्याएर विजयी भएका ओलीले केन्द्रीय ससदस्यमा भने ९ सय ७९ मत ल्याएरु पराजित भए । एमालेको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार खुला केन्द्रीय सदस्यको २८ औँ नम्बरमा रहेका ओली पराजित भएका छन् ।

रोचक कुरा अध्यक्षमा ५ सय ६४ मत ल्याएर पराजित भएका ईश्वर पोखरेल केन्द्रीय सदस्यमा भने विजयी भएका छन् । पोखरेल खुला केन्द्रीय सदस्यको ९ नम्बरमा रहेर विजयी भएको एमालेको निर्वाचन आयोगले देखाएको छ । पोखरेलको मत १ हजार ८८ आएको छ ।