Bagmati Samachar Logo

ओलीको केन्द्रीय सदस्यमा नाम भएका अग्नि खरेलले दिए सचिवमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट खुला केन्द्रीय सदस्य उम्मेदवारमा नाम भएका अग्नि खरेलले सचिवमा उम्मेदवारी दिएका छन् ।

स्थायी कमिटी सदस्य खरेलले आफूले सचिवमा उम्मेदवारी दिएको शिलापत्रलाई बताए । उनले भने,‘सचिवमा उम्मेदवारी दिएको छु । पछि हट्दैन । प्रतिनिधिहरुले न्याय गर्ने छन् ।’

उनले सचिवको उम्मेदवारीबाट पछि नहट्ने बताए । पछिल्लो समयमा अध्यक्ष केपी ओलीलाई निरन्तर सहयोग गर्दै आएका थिए । प्रधानमन्त्री हुँदा पहीला महान्यायधिवक्ता र दोस्रो पटक सल्लाहकार भएका थिए ।