एमालेका दुई उपाध्यक्ष सहित चारजनाले छोडे सक्रिय राजनीति
काठमाडौं । एमालेको ११ औँ महाधिवेशनबाट दुई उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिएका छन् । महाधिवेशनको बन्दसत्र सुरु हुनु भन्दा पहीला दुई उपाध्यक्ष र अन्य दुई नेताले सक्रिय राजनीति छोडेका छन् । उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यको चुनाव नलड्ने घोषणा गरेका हुन् ।
दुवैले सक्रिय राजनीतिबाटै बिट मारेको प्रस्ट सन्देश दिएका छैनन् । तर अब प्रतिस्पर्धाको राजनीति गर्ने र उम्मेदवार नहुने दुवै नेताको घोषणा छ । शाक्यले आफू चुनावमा नउठ्ने र भोट हाल्न नपर्ने बन्दसत्रमै बताएकी छिन् ।
‘म अब चुनाब उठ्दिनँ र मलाई भोट हाल्नुपर्दैन तर पार्टी मैले जे गर्दा बलियो बन्छ त्यही गर्ने प्रयत्न जारी रहन्छ ।’ ज्ञवालीले पनि आफू ७० वर्ष नाघेको र विधानमा पनि यस अघिदेखि अभ्यास गरेकोले अब सक्रिय नहुे बन्दसत्रमै बताए ।
यी दुई बाहेक स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र पोलिटब्युरो सदस्य चुडामणि जंगलीले पनि अब सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: