भृकुटीमण्डपबाट अध्यक्ष चुनिएका ओली यहीबाट बाहिरने सम्भावना, अध्यक्ष पोखरेल र महासचिव गुरुङ
काठमाडौं । नेकपा एमालेको अध्यक्षको रुपमा केपी शर्मा ओलीको उदय ९ औँ महाधिवेशनबाट भएको थियो । एमालेमा शक्तिशाली बनेर ओलीको उदय भृकुटीमण्डपमा भएको थियो । अहिले एमालेको ११औँ महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा जारी छ ।
भृकुटीमण्डपमा भएको ९औँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । ओली र तत्कालीन नेता माधवकुमार नेपालबीच अध्यक्षमा प्रतिस्पर्धा भएको थियो । नेपाल हारेर ओलीले जितेको महाधिवेशनमा पदाधिकारीको टिम भने ओली नेपाल दुबै पक्षकाले जितेका थिए ।
अहिले नेपाल पार्टीबाट बाहिरिएका छन् भने पार्टीमा हालिमुहाली ओलीको छ । बलिया देखिएको ओलीलाई ११औँ महाधिवेशनमा आइपुग्दा ओलीलाई सबैभन्दा बढी टिम बनाउन सकस भएको छ ।
यस्तो अवस्थामा ओलीले आजसम्म पनि टिम बनाउन सकेका छैनन् । एमाले स्रोतका अनुसार शुक्रबार रातीसम्म पनि ओलीले टिम बनाउन नसकेपछि नयाँ विकल्पमा समेत चर्चा भएको छ ।
नयाँ विकल्पमा ओली सर्वोच्च नेता बन्ने र शंकर पोखरेल अध्यक्ष र पृथ्वीसुब्बा गुरुङ महासचिव बनाएर जाने बारेमा छलफल भएको छ । आन्तरिक र बाह्य रुपमा आफू विरुद्ध जनमत भएकाले ओलीले बाहीरिने मनसाय पनि बनाएको उनी निकट नेताहरु नै बताउछन् ।
स्रोतले भने,‘शंकर पोखरेल अध्यक्ष र पृथ्वीसुब्बा गुरुङ महासचिवमा ल्याउने तयारीमा रहेका छन् । यसको लागि अझै गृहकार्य हुनथालेको छ । भोलीसम्म के हुन्छ ।’
ओली आफू हार्ने अवस्थामा शंकरलाई नै अध्यक्ष बनाउने तयारीमा रहेका छन् । ओली विरुद्ध एमालेमा नै जनमत बढ्न थालेपछि सम्मानित नेता हुने मनसाय बनाएर आफू अनुुकुल नेतृत्व स्थापित गरेर विदा हुने तयारीमा छन् ।
यस्तो हुुँदा ओलीले शंकरलाई अध्यक्ष, गुरुङलाई महासचिव र अन्य इश्वर पोखरेल टिमलाई पनि समेटेर जानसक्ने तयारी भएको देखिन्छ ।
यत इश्वर पोखरेल समुहले पनि अहीलेसम्म अध्यक्षबाहेक कुनै पनि पदमा टिम घोषणा गरेको छैन । यदि ओली ससम्मान बाहीरीने भएमा एमालेको महाधिवेशन नयाँ मोडमा पुग्न सक्ने नेताहरु बताउछन् । ओली बाहीरिदा दुई कार्यकाल र ७० वर्षे उमेरहद पनि लागु गर्नसक्ने हुनसक्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्: