Bagmati Samachar Logo

शीतलनिवासमा चार मन्त्रीले लिए शपथ

काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारमा थपिएका चार मन्त्रीले शथप लिएका छन् । शुक्रबार शीतलनिवासमा आयोजित विशेष समारोहमा उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा योपनीयताको शपद लिएका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए ।
अब कार्की नेतृत्वको मन्त्रिपरिषद १४ सदस्यीय भएको छ ।