एमाले महाधिवेशन : अफिलाल ओखेडा केन्द्रीय कमिटीमा दोहरीने तयारीमा
काठमाडाैं । नेकपा एमालेको ११ औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा नेताहरू धमाधम पदाधिकारी र केन्द्रीय सदस्यमाउम्मेदवारी घोषणा गर्न सुरु गरीरहेका छन् । महाधिवेशन सुरु हुन दुई दिन बाँकि रहदा एमालेका धेरै केन्द्रीय कमिटीमा आकांक्षिहरु उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
महाधिवेशन २७ मंसिरमा भक्तपुरको सल्लाघारीमा उद्घाटन हुनेछ । बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा चल्नेछ । अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पहिलो कार्यकालको लागि मैदानमा उत्रीर्दै छन् ।
केन्द्रीय सदस्यमा दोहरीने तयारीका साथ बझाङका केन्द्रीय सदस्य अफिलाल ओखेडा दोहरीने तयारीमा छन् । लोककल्याणकारी राज्य ,बिधिको शासन ,सामाजिक न्याय ,समतामुलक समाज,राष्ट्र राष्ट्रियतालाई राजनितिले मात्र सन्तुलनमा ल्याउने भएकाले आफू राजनीतिमा सक्रि रहेको ओखेडा बताउछन् ।
२०४६ सालबाट एमालेको सक्रिय राजनीतिमा जोडिएका ओखेडाले २०४९ को तत्कालिन हेमन्तवाडा गाबिस ५ नं वडा कमिटी सचिव भएका थिए ।
त्यसपछि उनी एमालेको गाउँ कमिटी सचिव, इलाका कमिटी सदस्य हुँदै २०६३ सालमा जिल्ला कमिटी सदस्य भएका थिए ।
२०६९ मा राष्ट्रिय प्रतिनिधि परिसद तथा अञ्चल कमिटी सदस्य २०७३ मा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भएका थिए । उनी दोस्रो संविधान सभा सदस्य पनि हुन् । उनी भूगोलबाट वडादेखि जिल्ला अध्यक्षसम्म भएका छन् । एमालेको दशौ १० औँ महाधिवेशन बाट केन्द्रीय कमिटी सदस्य भएका थिए । उनी अहिले पनि दोहरीने तयारीमा छन् ।
दुर्गम ठाउँमा वडाबाट पार्टी राजनीति सुरु गरेर केन्द्रीय सदस्य भएको छु र दोस्रो कार्यकालको लागि पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने ओखेडा बताउछन् । उनले भने,‘राजनीतिमा सानै उमेरदेखि लागेको हुँ । वडाबाट राजनीति सुरु गरे । १० औँ महाधिवेशनमा केन्द्रीय सदस्य भएको हुँ । यो महाधिवेशनमा पनि केन्द्रीय सदस्यको लागि तयारी गरेको छु ।’
२०८१ सालमा बझाङमा भएको प्रदेश सभा उपनिर्वाचनमा एमालेलाई विजयी गराउन ओखेडाको महत्वपूर्ण भूमिका थिए । २०७९ सालमा कांग्रेसले जितेको प्रदेश सभा क मा उपनिर्वाचनमा एमालेले जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्: