Bagmati Samachar Logo

केपी ओली छानबिन अयोगमा बयान दिन जानुपर्छ, म भए पहिल्यै जान्थेँ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ का घटना छानबिन गर्न बनेको आयोगमा अध्यक्ष केपी शर्मा ओली बयान दिन जानुपर्ने बताएका छन्।

बुधबार पोखरेल समूहले पत्रकारहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन् । उनले आफू भएको भए आयोगमा बयान दिन पहिल्यै बताए । उनले भने, ‘केपी शर्मा ओली आयोगमा बयान दिन जानुपर्छ । केपी शर्मा ओली आयोगमा बयान दिन जानुपर्छ।’

आयोग अध्यक्ष गौरीबहादुर कार्की आफूप्रति पूर्वाग्रही भएको भन्दै आफू उनी नेतृत्वको आयोगमा बयान दिन नजाने अडान ओलीले लिइरहेका छन्।