Bagmati Samachar Logo

११ औं महाधिवेशनमा पेश गर्न इश्वर पोखरेलले तयार पारे ओलीको ‘काउन्टर प्रस्ताव’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औं महाधिवेशनमा प्रस्तुत गर्न अध्यक्ष ओलीको काउन्टरमा छुटै राजनीतिक तथा सांगठनिक प्रस्ताव तयार पारेका छन् ।

उक्त प्रस्ताव बोकेर पोखरेल पार्टी कार्यालय च्यासल पुगेका छन् । उनले पार्टी कार्यालयमै अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न चाहेको बताइएको छ । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालय अनुसार ओलीको आज पार्टी कार्यालय जाने कुनै तालिका छैन ।

अध्यक्ष ओलीले महाधिवेशनमा आफ्नोबाहेक कुनै प्रस्तावमा छलफल नहुने घोषणा गरेका छन् । तर पोखरेलले जेन–जी आन्दोलनपछि राष्ट्रिय राजनीतिक परिवेश बदलिएको निष्कर्षसहित काउन्टर प्रस्ताव पेश गर्न लागेका हुन् । मंसिर २७ गतेदेखि एमालेको महाधिवेशन राजधानीमा सुरु हुँदैछ ।