Bagmati Samachar Logo

जनार्दन शर्मालाई गृहजिल्लामा कालोझण्डा

काठमाडौं । नेकपा माओवादी केन्द्र छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका जनार्दन शर्मालाई गृह जिल्ला रुकुमपश्चिमा युवाहरूले कालोझण्डा देखाएका छन्।

आज गृह जिल्ला रूकुम पश्चिम पुगेका शर्मालाई नेपाली कम्युनिस्ट पार्टीका युवाहरूले कालोझण्डा देखाएर विरोध गरेका हुन्।

माओवादी परित्याग गरेर प्रलोपा गठनपछि शर्मा पहिलो पटक आज गृहजिल्ला पुगेका थिए।

आज बिहान १० बजेतिर सल्लेस्थित विमानस्थलमा ओर्लिनासाथ तत्कालिन नेकपा माओवादी केन्द्रका आठबिसकोट नगरपालिका कमिटीका पूर्वअध्यक्ष मानबहादुर चदारा नेतृत्वको टोलीले शर्मालाई कालोझण्डा देखाएका हुन्।
शर्माले जनता र सहिदलाई धोका दिएको भन्दै उनीविरुद्ध नाराबाजी गरेका थिए ।