Bagmati Samachar Logo

दुईतिहाइ जनमत भएको सरकारलाई जेनजीले बलपूर्वक हटाए : रामबहादुर थापा

काठमाडौं । एमालेका उपाध्यक्ष रामबहादुर थापाले जेन–जी आन्दोलनको नाममा प्रधानमन्त्री, संसद र अदालतलाई आक्रमण गरेर प्रतिक्रान्ति गरिएको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले जेन–जीको आवरणमा प्रधानमन्त्री र नागरिकको सार्वभौमसत्ताको प्रतीक संसदमाथि हमला भएको उनले बताएका हुन् ।

२३ र २४ भदौको जेन–जी आन्दोलनले देश राष्ट्रिय संकटको चक्रव्युहमा फसेको दाबी गरेका छन् । जनताको दुईतिहाइ जनमतको समर्थनको सरकारलाई संविधानको धारा मिचेर बलपूर्वक हटाइएको पनि थापाको भनाइ छ ।

उनले भने, ‘नागरिकको हातबाट गैरनागरिकको हातमा सरकार गएकाले यो प्रतिक्रान्ति हो ।’ एउटा वर्गबाट सरकार खोसेर अर्को वर्गको हातमा पुर्‍याइएको दाबी गरेका छन् । उनले जेन–जी आन्दोलनले गैरनागरिक सरकार बनाएको घटना तेस्रो प्रतिक्रान्ति भएको उनको दाबी छ । थापाले २०१७ सालमा निर्वाचित सरकारलाई हटाएर पहिलोपटक प्रतिक्रान्ति भएको उल्लेख गरे ।

त्यसैगरी, उनले दोस्रो प्रतिक्रान्ति भने पूर्वराजा ज्ञानेन्द्र शाहले २०५९ मा सत्ता हातमा लिएको घटनालाई दोस्रो प्रतिक्रान्तिको रूपमा व्याख्या गरेका छन् । २०६२ को गणतान्त्रिक आन्दोलनको प्रतिक्रान्ति २३ र २४ भदौमा प्रतिक्रान्ति भएको उल्लेख गरेका हुन् ।

तर, प्रतिक्रान्ति पूरा नभएको र वैधानिकता पाइन सकेको उल्लेख गरे । प्रतिक्रान्ति पूरा गर्न र वैधानिकता प्राप्त गर्न प्रतिगामीहरू सक्रिय भएको पनि थापाको दाबी छ ।