मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले मधेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ । सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको हो ।
यसका साथै सर्वोच्चले मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न परमादेश पनि जारी गरेको छ ।
गैरसंवैधानिक ढंगले यादवको नियुक्ति भएको भनी ७३ जना सांसदहरूले पेस गरेको रिट निवेदनमा सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो ।
प्रतिक्रिया दिनुहोस्: