जाजरकोट एमालेमा नारायण घर्ती महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन
काठमाडौ । नेकपा एमाले जाजरकोटबाट अनेरास्ववीयुका पूर्व उपाध्यक्ष नारायण घर्ती सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् । ३२ वर्षे उमेर हद लगाइएकाले अनेरास्ववियुका पूर्व उपाध्यक्ष नारायण घर्ती भूगोलको राजनीतिमा फर्किएका थिए । उनी सहितका नेताहरु खुला तर्फ निर्विरोध भएका छन् ।
जाजरकोटमा सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।
खुलातर्फ लालबहादुर महतारा, करबिर शाही, नरेन्द्र शाही, नारायण घर्ती र प्रेमबहादुर सिंह निर्विरोध भएका छन् ।
महिला तर्फ तारा शाक्य, कुमारी थापा र सुनिता बोहरा निर्विरोध प्रतिनिधि चुनिएका छन् । दलित तर्फ गोपाल नेपाली, नवेन्द्र नेपाली र कौशिला कामी चयन भएकी छन् ।
युवा तर्फ विश्व विक्रम शाह निर्विरोध भए ।
प्रतिक्रिया दिनुहोस्: