एमाले मोरङमा प्रतिनिधि छनौटमा ईश्वर पक्षले ओली पक्षका परशुराम बस्नेतलाई कुटे
काठमाडौं। नेकपा एमालेको महाधिवेशनका लागि मोरङमा प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा कुटाकुट भएको छ।
पार्टी कार्यालय विराटनगर मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधि चयनमा विवाद हुँदा हात कुटाकुट भएको हो । मोरङमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पक्षबीच कुटाकुट भएको छ । मोरङमा पोखरेल पक्ष बलियो छ । पोखरेल पक्षले ओली पक्षमा परशुराम बस्नेतलाई कुटेको छ ।
एघारौ महाधिवेशनको लागि सर्व सम्मत प्रतिनिधि छनोट हुन नसकेपछि आज भइरहेको निर्वाचनमा डबल मत हालेको भन्दै विवाद भएको हो । विवाद पछि केहिबेर मतदान स्थगित समेत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्: